PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नेपाल भारत सीमा विवाद : ‘प्रम ओलीका विशेष दूत नेपाललाई भेट्न मोदी सरकारको अस्वीकार’



पहिलोपोस्ट

नेपाल भारत सीमा विवाद : ‘प्रम ओलीका विशेष दूत नेपाललाई भेट्न मोदी सरकारको अस्वीकार’

काठमाडौं : सीमा विवादबारे कुरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष दूतका रुपमा भारत जान लागेका पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न भारतीय पक्षले अस्वीकार गरेको छ।

स्रोतलाई उद्रृत गर्दै दि प्रिन्टले विशेष दूत नेपाललाई मोदी सरकारले भेट्न अस्वीकार गरेको उल्लेख गरेको छ। सीमा विवाद भएपछि सरकारले पूर्व प्रधानमन्त्री नेपाललाई विशेष दूतका रुपमा पठाउने तयारी गरेको थियो। यद्यपि मितिबारे यकिन भएको थिएन।

तर, उक्त समाचारमा डिसेम्बर ४–५ मा नै भ्रमणको तयारी भए पनि भेट अस्वीकार भएपछि रोकिएको दाबी गरिएको छ।

सोही समाचारमा परराषट्र मन्त्री प्रदीप ज्ञवालीले भारतीय पक्षसँग भेटका लागि आग्रह गरिएकोमा अहिलेसम्म कुनै प्रतिक्रिया नआएको बताएका छन्।

पछिल्लो समय भारतले जारी गरेको नक्सामा नेपाली भूभाग समेटिएको भन्दै विरोध भइरहेको छ। नेपाली भूभाग लिम्पियाधुरा तथा कालापानी समेत समेटिएको नक्सा प्रकाशनमा आएको हो। भारतीय पक्षले नक्सा पुरानै भएको दाबी गरिरहेको छ।

नेपाल सरकारले लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालकै भएको प्रमाण सुरक्षित रहेको दाबी गरेको छ। तर, विवाद समाधानबारे उच्च राजनीतिक र कुटनीतिकस्तरबाट पहल हुन सकेको छैन।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell