PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

उपनिर्वाचनको मतपरिणाम राष्ट्रपतिको कार्यालयमा



पहिलोपोस्ट

उपनिर्वाचनको मतपरिणाम राष्ट्रपतिको कार्यालयमा

काठमाडौं : गत मंसिर १४ गते भएको उपनिर्वाचनको परिणाम राष्ट्रपति कार्यालयमा पुगेको छ। निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आज उपनिर्वाचनको मतपरिणाम राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएका हुन्।

विभिन्न कारणले रिक्त रहेका प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका कार्यकारी पदमा गत मंसिर १४ गते उपनिर्वाचन भएको थियो।

निर्वाचन आयोगका अनुसार ३७ जिल्लामा एक उपमहानगरपालिका प्रमुख, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १, गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४३, प्रदेशसभा सदस्य ३, र प्रतिनिधिसभा सदस्य १ गरी कूल ५२ पदका लागि निर्वाचन भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell