PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सागमा 'ड्रागन' टिमको सफलतामा भुटानी प्रधानमन्त्री खुसी, 'भुटानले फुटबलमा नयाँ सुरुवात गर्‍यो'



मुकुन्द घिमिरे

सागमा 'ड्रागन' टिमको सफलतामा भुटानी प्रधानमन्त्री खुसी, 'भुटानले फुटबलमा नयाँ सुरुवात गर्‍यो'

काठमाडौं : भुटानका प्रधानमन्त्री लोते छिरिङले भुटानी फुटबल टोलीलाई फाइनलमा प्रवेश गरेको बधाइ दिएका छन्। दक्षिण एसियाली खेलकुद (सागमा) एउटा 'अन्डरडग' टिमको रुपमा फाइनलमा प्रवेश गर्नु आफूहरुको आशा भन्दा माथिको विषय रहेको उनले बताएका छन्। 

भुटानले शनिवार भएको खेलमा श्रीलंकामाथि ३–० को जित हात पार्दै फाइनलको यात्रा सुरक्षित गरेको थियो। फुटबलमा अन्डरडग टिम मानिने भुटानले पछिल्लो समय धेरै सुधार गर्दै सागमा फाइनलको यात्रा तय गरेको हो। भुटानका आन्तरिक लिग तथा लगानीले गर्दा फुटबलको स्तर माथि उठेको जानकारहरु बताउँछन्।

जारी सागमा भुटानले फुटबलको कुनै पनि तहमा पहिलो पटक दक्षिण एसियाली फुटबलको शक्तिशाली राष्ट्र माल्दिभ्सलाई हराएको थियो।

यस्तै भुटानले सागमा यू १८ मा नेपाललाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो। सशस्त्र प्रहरीको मैदान हलचोकमा भएको खेलमा नेपाललाई हराउदैं भुटानले सेमिफाइनलको यात्रा तय गरेको थियो। त्यतिबेला भुटानको फुटबलमा सुधार आएको स्वीकार गर्न नसक्नेहरुले ‘अप्रत्यासित’ जित भएको बताएका थिए। यसपटक भने सागको फाइनलमा प्रवेश गर्दै भुटानले आफूपनि दक्षिण एसियाली फुटबलमा अब्बल रहेको प्रमाण दिएको छ। 

‘हाम्रा खेलाडीहरुले सागको फाइनलमा स्थान बनाएका छन्। यसले आशा र नयाँ सुरुवात गरेको छ।’ भुटानका प्रधानमन्त्री छिरिङले सामाजिक सञ्जालमार्फत लेखेका छन्। उनले फाइनलका लागि टिमलाई शुभकामना दिँदै खेलाडी, प्रशिक्षक, समर्थक र व्यवस्थापनलाई ‘टासी डेले’ भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell