PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

लागुऔषध 'मेथ' बनाउने रसायनसहित एक चिनियाँ नागरिक पक्राउ



पहिलोपोस्ट

लागुऔषध 'मेथ' बनाउने रसायनसहित एक चिनियाँ नागरिक पक्राउ

काठमाडौं : लागुऔषध बनाउन प्रयोग हुने रसायनसहित एक जना चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले चिनियाँ नागरिक झाङ चाओलाई गत शुक्रवार पक्राउ गरी आज सार्वजनिक गरेको हो।

चाओको साथबाट प्रहरीले चार वटा काठको फ्रेममा फल्स बटम बनाइ लुकाएको अवस्थामा ४ किलो २ सय ग्राम इफेड्रिन बरामद गरेको छ। उनले काठमाडौंस्थित एक कार्गोबाट न्युजिल्यान्ड पठाउन भनि सो काठका फ्रेम ल्याएको प्रहरीले जनाएको छ।

सो रसायन मेथ नामक लागुऔषध बनाउन प्रयोग हुने प्रहरीको भनाइ छ। चाओले उक्त रसायत चीनमा सस्तोमा (२ लाख २५ हजार नेपाली रुपैयाँ) खरिद गरी न्युजिल्यान्डमा महँगोमा (करिब ५० लाख नेपाली रुपैयाँ) बेच्न योजनामा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell