PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

भुटानसँग फाइनल भेटका लागि भएको त्यो भिडन्त, यस्तो देखियो बंगलादेशविरुद्धको प्रस्तुति

भुटानसँग फाइनल भेटका लागि भएको त्यो भिडन्त, यस्तो देखियो बंगलादेशविरुद्धको प्रस्तुति

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष फुटबलमा नेपालले बंगलादेशलाई १-० गोल अन्तरले पराजित गरेको छ।

दशरथ रंगशालामा भएको खेलमा नेपालले खेलको ११ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको क्रसमा सुनिल वलले निर्णायक गोल गरे। खेलमा फर्कन बंगलादेशले पटकपटक प्रयास गरेको थियो। आक्रमक देखिएका ब‌ंगाली खेलाडीले सहायक रेफ्रीमाथिसमेत आक्रमण गर्दा रातो कार्ड पाएका थिए। 

खेलको दौरानमा नेपाली खेलाडीले पटकपटक चोटसमेत बेहर्नुपरेको थियो। नेपाली दर्शकको चर्को हुटिङ पाएको नेपाली खेलाडीले रक्षात्मक खेललाई पनि निरन्तरता दिँदै बंगलादेशको चुनौतिलाई विफल पारिदियो। यो सँगै अब नेपालले फाइनल भेट भुटानसँग पक्का गरेको छ। 



ट्रेन्डिङ पोस्ट

Ncell