PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सभामुखको अधिकार प्रयोग गर्दै धमाधम उपसभामुखको निर्णय, सूचना आयोगमा पदाधिकारी सिफारिस



पहिलोपोस्ट

सभामुखको अधिकार प्रयोग गर्दै धमाधम उपसभामुखको निर्णय, सूचना आयोगमा पदाधिकारी सिफारिस

काठमाडौँःसभामुखको रिक्ततापछि उपसभाखले के–के कामकाज गर्ने अहिले बहस छ। सभामुखको अनुपस्थितिमा उपसभामुखले सभामुख सरह कामकाज गर्न पाउने एकथरि तर्क छन्। अर्काथरिले संविधान त्यसको बाधक रहेको बताउँदै आएका छन्। 

असोज १४ गते सभामुख कृष्णबहादुर महराले राजीनामा दिएपछि उपसभामुखको भूमिका र अधिकारबारे बहस जारी छ। 

यसबीचमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले विधेयक प्रमाणीकरणको संवैधानिक अधिकारक भए वा नभएकोबारे सचिवालयका कर्मचारी, राजनीतिक दलका नेता र कानुन व्यवसायीसँग पनि परामर्श गरिन्। त्यतिमात्र हैन सभामुखले निर्णय लिने प्रशासनिक काम कारबाहीमा आफूलाई सहयोग गर्न संसदीय समितिका सभापतिहरुलाई बोलाएर समर्थन पनि मागिन्। तर, उक्त प्रयास सफल हुन सकेन। 

एकपछि अर्को अधिकार प्रयोगको प्रयत्न गर्दै आएकी उपसभामुखले राष्ट्रिय सूचना आयोगकाक पदाधिकारी सिफारिस भने सभामुखकै हैसियतले गरेकी छिन्। 

सूचना आयोग गठनसम्बन्धी ऐनमा पदाधिकारी सिफारिसका लागि सभामुखको अध्यक्षतामा तीन सदस्यीय समिति गठन हुने व्यवस्था छ। समितिको सिफारिस अनुसार सरकारले प्रमुख आयुक्त र आयुक्तलाई सिफारिस गर्नेछ। 

आयोग गठनसम्बन्धी ऐनको दफा ११(३) को व्यवस्था अनुसार सभामुखको अध्यक्षतामा सिफारिस समिति रहने व्यवस्था छ। सभामुखको अनुपस्थितिमा अन्य व्यक्तिले अध्यक्षता गर्ने परिकल्पना ऐनको छैन। अन्य दुई सदस्यमा सञ्चार तथा सूचना प्रविधि मन्त्री र नेपाल पत्रकार महासंघको अध्यक्ष सदस्य छन्। मन्त्रीको अनुपस्थितिमा भने राज्य मन्त्रीले समेत समितिमा प्रतिनिधित्व गर्न सक्ने व्यवस्था ऐनमा छ। 
तर, सभामुखको विकल्प भने ऐनले दिएको छैन। 

तर, पदाधिकारी सिफारिस
प्रक्रियाको सुरुवातमा नै सभामुखको कमदको विरोध भएको थियो। सभामुखले आफ्नै अध्यक्षतामा बैठक आह्वान गरी पदाधिकारी आह्वानका लागि सूचना जारी गर्ने निर्णय भएको थियो। पदाधिकारीमा आवेदन दिने समय मंसिर १९ सम्म तोकिएको थियो। तोकिएको समयमा आयोगको पदाधिकारीका लागि २३ जनाले आवेदन दिएका थिए। 

जसमा प्रमुख आयुक्तमा तीन र अन्य सदस्यमा थिए। प्रमुख आयुक्तमा महेन्द्रमान गुरुङ, कृष्ण देवकोटासहित तीन पूर्व सचिव थिए। 
आइतबारको सिफारिस समितिले प्रमुख आयुक्तमा महेन्द्रमान गुरुङलाई सिफारिस गरेको छ। गुरुङ केही समयअघि सञ्चार मन्त्रालयबाट अवकाश पाएका हुन्। 

यस्तै, सदस्यमा कमला ओली थापालाई नियुक्त गरिएको छ। थापा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता एवं पूर्वमन्त्री कर्ण बहादुर थापाकी श्रीमती हुन्। उनी अधिवक्ता पनि हुन्। पूर्व एमाले कोटामा उनी सिफारिसमा परेकी हुन्।

यस्तै, अर्का सदस्य दीपक मैनाली काभ्रेका हुन्। माओवादी निकट मानिएको जनदिशा दैनिकमा उनले काम गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell