PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

स्वर्णका लागि भारतसँग भिड्दै नेपाली महिला फुटबल टोली



पहिलोपोस्ट

स्वर्णका लागि भारतसँग भिड्दै नेपाली महिला फुटबल टोली

काठमाडौं :दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला फुटबलमा आज नेपाली महिला फुटबल टोलीले फाइनल खेल्दै छ। पोखरामा आज दिउँसो २ बजे परिचित प्रतिद्वन्दी भारतसँग खेल्न लागेको हो।

स्वर्ण पदकको लक्ष्य राखेको नेपालका लागि फाइनल खेलमा फेरि भारतसँग भेट भएको हो। लिग चरणको अन्तिम खेलमा पनि नेपालले भारतसँग खेलेको थियो। उक्त खेलमा भारतले १–० ले जित हात पारेको थियो। यद्यपि खेलमा हावी भएर पनि नेपालले गोल गर्न सकिरहेको थिएन। आज फेरि नेपाली टोलीले फाइनलमा जितका लागि खेल्दैछ।

यता पुरुषतर्फ पनि नेपाली टोली फाइनल पुगिसकेको छ। फाइनलमा नेपालले भुटान सँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell