PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

चार तहको पाठ्यक्रम बनाएर कार्यकर्तालाई पढाउँदै नेकपा : कुन तहमा कसलाई पढाउने?



कुञ्जरमणि भट्टराई

चार तहको पाठ्यक्रम बनाएर कार्यकर्तालाई पढाउँदै नेकपा : कुन तहमा कसलाई पढाउने?

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई चार तहमा विभाजन गरेर पढाउने भएको छ।

आधाभूत, प्रथामिक, माध्यमिक, उच्च र विशिष्ठ गरी पाँच तहको पाठ्यक्रम बनाएर पढाउने विषयमा छलफल भए पनि नेकपाको स्कुल विभाग अन्तत: चार तहमा पढाउने टुंगोमा पुगेको छ।

पार्टीको विचार र सिद्धान्तबारे बुझाउन नेकपाले पाठ्यक्रम नै बनाएर देशभर स्कुल सञ्चालन गर्न लागेको हो।

प्राथमिक तहलाई अन्य तहमै गाभेर आधाभूत,माध्यमिक, उच्च र विशिष्ठ गरी चार तहमा प्रशिक्षण दिने टुंगो लगाइएको स्कुल विभागका उप्रप्रमुख वेदुराम भुसालले जानकारी दिए।

उनले पहिलोपोस्टसँग भने, 'चार तहमा प्रशिक्षण दिने टुंगोमा पुगेका छौं। अब पाठ्यक्रम बनाएर प्रशिक्षण सुरु गर्छौं।'

पाठ्यक्रम सचिवालय बैठकमा पेश गर्नु पर्दैन अर्थात् स्कुल विभागको क्षेत्राधिकार भित्र पर्छ य विषय। त्यसैले विभागले नै चार तहको पाठ्यक्रम बनाउने निर्णय गरेको भुसालको भनाई छ।

के पढाउने त?

नेकपाको पाठ्यक्रममा विभिन्न विषयहरु समावेश हुनेछन्। पाठ्यक्रममा विशेषगरी पार्टीको आधारभूत सिद्धान्त, दर्शन, आर्थिक, सामाजिक, कला, पार्टीको आगामी कार्यनीति लगायतका विषय समाविष्ट हुनेछ।

कुन तहमा कसलाई पढाउने?

आधारभूत तहमा जिल्ला कमिटी भन्दा तल्ला कमिटीहरुलाई पठाइनेछ। त्यस्तै माध्यमिक तहमा जिल्ला कमिटी, प्रदेश कमिटीका पदाधिकारीहरुलाई पठाउने नेकपाको तयारी छ।

उच्च तहमा केन्द्रीय नेता र जनसंगठनका पदाधिकारीलाई पढाउने भुषालले जानकारी दिए। विशिष्ठ तहमा भने विषयगत विशिष्ठता हासिल गरेका नेता र प्रशिक्षकलाई नै प्रशिक्षण दिइनेछ।

आधारभूत तहको कक्षा जिल्ला कमिटीले सञ्चालन गर्नेछ।माध्यमिक तहको कक्षा प्रदेश कमिटी तथा उच्च र विशिष्ठ तहको कक्षा भने केन्द्रले सञ्चालन गर्नेछ।

गैर कम्युनिष्टलाई पनि पढाउने नेकपाको तयारी छ। 'पढ्न चाहनेहरुलाई पढाउने भन्ने कुरा हो,' भुसालले भने।

स्कुल विभागले प्रमुख उपप्रमुखको जिम्मेवारी पाए पनि पूर्णता पाउन सकेको छैन्। स्कुल विभागले पूर्णता पाएपछि प्रशिक्षण सुरु हुने उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell