PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

मिचिएका ६० हजार हेक्टर नेपाली भूमि फिर्ताको माग गर्दै नरेन्द्र मोदीलाई नेमकिपाले पठायो पत्र



समर्थ रञ्जित

मिचिएका ६० हजार हेक्टर नेपाली भूमि फिर्ताको माग गर्दै नरेन्द्र मोदीलाई नेमकिपाले पठायो पत्र

काठमाडौं : नेपाल मजदूर किसान पार्टीले आज भारतीय दूतावासमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाएको छ। पत्रमा नेमकिपाले पछिल्लो राजनीतिक नक्सा खारेज गर्न माग गरिएको छ।

पत्र बुझाउनु अघि नेमकिपाले भारतीय दूतावास अगाडिसमेत प्रदर्शन गरेको थियो। प्रदर्शनपछि नेमकिपाका सचिव प्रेम सुवालद्वारा हस्ताक्षरित पत्र भारतीय दूतावासमा बुझाएको नेमकिपाले जनायो। उक्त पत्र भारतीय प्रधानमन्त्री मोदीसम्म पुगोस् भनेर प्रदर्शनकारीले मागसमेत गरेका थिए। पत्रमा भारत सरकारले नेपाली भू-भाग लिम्पियाधुरा, कालापानी, लिपुलेकसमेत आफ्नो नक्सामा गाभेर विसं २०७६ कार्तिक १५ गते तद्नुसार सन् २०१९ नोभेम्बर १ मा नयाँ नक्सा जारी गरेकोप्रति नेमकिपाको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

यसैगरी पत्रमा भनिएको छ, 'नेपाली भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेकसमेत भारतमा गाभेर तयार गरिएको नयाँ नक्सा अविलम्ब खारेज गर्न नेपाली जनताको तर्फबाट हामी भारत सरकारलाई हार्दिक आग्रह गर्दछौँ। साथसाथै, नेपाली भूमि कालापानीमा रहेको भारतीय सेना अविलम्ब फिर्ता गर्न हामी भारत सरकारसँग अनुरोध गर्दछौँ। नेपालको सस्तालगायत ७२ भन्दा बढी ठाउँमा भारतद्वारा अतिक्रमित ६० हजार हेक्टरभन्दा बढी नेपाली भूमि फिर्ता गर्न पनि हामी माग गर्दछौं।'  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell