
काठमाडौं : १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिलातर्फको जुडोमा नेपालले थप एक स्वर्ण जितेको छ। महिला ७८ केजी तौल समूहमा नेपालकी पुनम श्रेष्ठले स्वर्ण हात पारेका हुन्।
पुनमले फाइनलमा भारतकि नवनित कौरलाई पराजित गरेका छन्। यो प्रतियोगितामा श्रीलंकाकी विबुशाना गेदेराले कास्य जितेकी छिन्।