PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

रसियालाई २०२२ को विश्वकपमा प्रतिबन्ध, टोकियो ओलम्पिकमा पनि खेल्न नपाउने



पहिलोपोस्ट

रसियालाई २०२२ को विश्वकपमा प्रतिबन्ध, टोकियो ओलम्पिकमा पनि खेल्न नपाउने

विश्व एन्टी डोपिङ एजेन्सी (डब्लुएडिए)ले रसियालाई विश्वका सबै प्रमुख फुटबल प्रतियोगिता खेल्न ४ वर्षका लागि प्रतिबन्ध लगाएको छ।

सोमबर डब्लुएडिएले सन् २०२० मा हुँदै गरेको टोकियो ओलम्पिक तथा सन् २०२२ मा हुने फिफा वर्ल्ड कपमा रसियालाई प्रतिबन्ध लगाएको हो। स्विटजरल्यान्डमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

यस निर्णयसँगै टोकियोमा हुने ओलम्पिक तथा २०२२ मा कतारमा हुने वर्ल्डकप र २०२२ मै बेइजिङमा हुने ग्रिष्मकालीन ओलम्पिकमा रसियाको झन्डा र राष्ट्रिय गान समेत निषेध भएको छ।

रसियामाथि एन्टि डोपिङ प्रयोगशालाको रिपोर्ट तोडमरोड गरेको आरोपसमेत लागेको छ। तर, रसियाका एथ्लेट्सले ओलम्पिकमा स्वतन्त्र झन्डामुनि रहेर प्रतियोगिताहरुमा सहभागिता जनाउन पाउने छन्। बैठकमा सर्वसम्मत रुपमा निर्णय भएको डब्लुएडिएका प्रवक्ताले जनाएका छन्।

रसियाको एन्टी डोपिङ एजेन्सीले पेश गरेको तथ्याङ्कलाई लिएर सन् २०१९ को जनवरीमा त्यसलाई अयोग्य घोषणा गरिएको थियो। यस प्रतिबन्धविरुद्ध रसियाले २१ दिनभित्र अपील गर्न सक्छ। यस्तो अपील गरेमा यो केस कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टस कहाँ पुग्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell