PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सकियो पोखरामा साग : धेरै स्वर्ण नजिते पनि प्राकृतिक सुन्दरताले जित्यो विदेशी खेलाडीको मन

सकियो पोखरामा साग : धेरै स्वर्ण नजिते पनि प्राकृतिक सुन्दरताले जित्यो विदेशी खेलाडीको मन

विष्णु गौतम/पहिलोपोस्ट


पोखरा : महिला फुटबलको फाइनलसँगै पोखरामा सागका खेलहरु सकिएका छन्। पोखरामा सागका ८ वटा खेलहरु सञ्चालन भएका थिए।

पोखरामा सुन्दर हिमालका काखमा खेलहरुमा सञ्चालन भएका थिए। यहाँ सञ्चालन भएका खेलहरुमा नेपालले धेरै स्वर्ण बटुल्न नसकेपनि प्राकृतिक सौन्दर्यमार्फत दक्षिण एसियाका खेलाडीहरुको मन आकर्षित पार्ने काम भने अवश्य नै भयो।

यहाँ सञ्चालन भएकामध्ये आउटडोर खेलका भेन्यूबाट हिमालका सुन्दर दृश्य देख्न सकिन्थ्यो। खेलका क्रममा खेलाडीलाईको ध्यान नै डिस्ट्राक्ट हुने यी दृश्यले खेलाडीहरुको मन पक्कै पनि जित्यो नै। यसबाट नेपाल भ्रमण वर्ष २०२० मा उल्लेख्य सहयोग पुग्ने विश्वास लिइएको छ।

पोखरामा विभिन्न भेन्यूमा मंसिर १५ गतेबाट सागका  अन्तर्गतका ८ वटा खेलहरु सञ्चालन भएका थिए। जसमा महिला फुटबल, क्रिकेट, बिच भलिबल, ह्याण्डबल, भारोत्तोलन, ब्याडमिन्टन, आर्चरी र ट्रायाथलन भय हुन्।

पोखरामा भएका ८ खेलमा ४८ स्वर्ण, ४८ रजत र ५५ वटा कास्य पदक सहित १ सय ५१ पदकको लागि एकल तथा सामूहिक तर्फ प्रतिष्प्रर्धा भएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell