PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

साग समापन : प्रम ओलीले भिडियो कन्फ्रेन्सबाट सम्बोधन गर्ने, पाकिस्तानलाई अर्को सागको लागि झन्डा हस्तान्तरण



मुकुन्द घिमिरे

साग समापन : प्रम ओलीले भिडियो कन्फ्रेन्सबाट सम्बोधन गर्ने, पाकिस्तानलाई अर्को सागको लागि झन्डा हस्तान्तरण
उद्‍घाटन सत्रको दृश्य।

काठमाडौं : दक्षिण एसियाली खेलकुदको भोलि समापन हुँदैछ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले भव्यताका समापन कार्यक्रम आयोजना हुने बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले समापन कार्यक्रमलाई भिडियो कन्फ्रेन्समार्फत् सम्बोधन गर्ने तयारी गरिएको छ।

भोलि १२ बजे सांसद ११ र कर्मचारी ११ या प्रहरी ११ बीच फुटबल खेल हुने तयारीसमेत रहेको राखेप सदस्यसचिव सिलवालले बताए। त्यसपछि फुटबलको फाइनल खेल हुनेछ।

‘१२ हजार क्षमता भए पनि ८ हजार मात्र टिकट बिक्री गरेका छौं। त्रिपुरेश्वरतर्फ एकपट्टि भुटान जोन छुट्याएको छौं। नेपाली त्यहाँ जाने छैनन्,’ समापन समारोहको योजनाबारे सुनाउँदै सदस्य सचिव सिलवालले भने।

त्यस्तै, समापन समारोहमा कर्मचारीलाई पनि कार्डबिना प्रवेश नदिइने सिलवालले बताए।

भोलि उत्तरपट्टिको सबै गेट बन्द रहनेछन्। पासको हकमा अत्यावश्यक बाहेक अरुलाई पास उपलब्ध नगरेको सिलवालले बताए। पूर्व फूटबल खेलाडी, मेडल जितेका खेलाडी लगायतलाई भने प्रवेशमा समस्या नहुने उनले बताए।

समापन समारोहका प्रमुख अतिथि उप प्रधान मन्त्री इश्वर पोखरेल हुनेछन्।

पोखरेलले खेललाई मात्र लिएर विशेष सम्वोधन गर्ने सिलवालले बताए।

‘स्पेसल प्याकेज। आउँछ,’ सिलवालले मुस्कुराउँदै सुनाए। त्यस्तै भोलेन्टियर पनि सीमित गर्ने उनले बताए।

भोलिको लागि आर्मीको गेटबाट प्रवेश गर्नुपर्ने छ। भिआइपि पट्टि अलि स्ट्रिक हुने उनले सुनाए।

सिलवालले ठट्टा गर्दै ‘बोनस’ लिएर नआउन अनुरोध गरे।

‘पास पाएकाहरुले सालासाली छोराछोरी लिएर आउन पाउने छैनन्। डेडिकेडेट मात्र पस्न पाउँछ,’ सिलवालले भने।

त्यस्तै, टिकेट पाउन नसकेकाहरुलाई ठूला स्क्रिन ठाउँठाउँमा व्यवस्था गरेको उनले जनाए।

त्यस्तै उनले ट्राफिक डाइभर्ट गर्न आग्रह गरेको पनि बताए।

समापन समारोह डेढ घन्टाभित्र सकिने सिलवालले जानकारी दिए।

टिकट नपाएकाहरुलाई एलइडी र टीभिमा खेल हेरेर समर्थन गर्न समेत उनले आग्रह गरे।

औपचारिक कार्यक्रममा ४ वटा मन्तव्य पछि १४ औं सागका लागि पाकिस्तान हस्तान्तरण गरिनेछ। पाकिस्तानले चाहे आधा घन्टा कार्यक्रम हुने र नचाहे सांस्कृतिक कार्यक्रम शुरु हुनेछ। पाकिस्तानको ओलम्पिक कमिटी अध्यक्ष, शिक्षा सचिव लगायतका पदाधीकारी समापन समारोह र झन्डा हस्तान्तरणका लागि नेपाल आइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell