PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

चितवनको बस चढाइदिने भन्दै आफ्नै हेल्थपोस्ट पुर्‍याएर अहेवाको यस्तो हर्कत…



राधेश्याम पटेल

चितवनको बस चढाइदिने भन्दै आफ्नै हेल्थपोस्ट पुर्‍याएर अहेवाको यस्तो हर्कत…

वीरगंज : रौतहटमा एक स्वास्थ्यकर्मीले आफूले काम गर्ने हेल्थपोस्टमै एक महिलालाई जबरजस्ती करणी गरेको खुलेको छ। रौतहटको यमुनामाई गाउँपालिकाको सरुअठा हेल्थपोस्टका अहेवा तथा इन्चार्ज वर्ष ४५ का सुधीरकुमार सिंहले चितवनकी एक महिलाको बलात्कार गरेको रौतहटका प्रहरी उपरीक्षक भेपेन्द्र खत्रीले बताए।

गत मंसिर १८ गते चितवनबाट रौतहटको सदरमुकाम घुमफिर गर्न आएकी ३० वर्षीया महिला घर फर्किन गौर बसपार्कमा बसको प्रतिक्षा गरिरहेकैं बेला सिंहले ती महिलालाई चन्द्रनिगाहपुरबाट चितवनको बस चढाइदिने भन्दै मोटरसाइकलमा राखेर गौरबाट १५ किलोमिटर उतर सरुअठा हेल्थ पोस्टमा लगेको प्रहरी अनुसन्धानमा खुलेको छ।  साँझको समय 'मेरो अफिस यही छ, खाजा खाएर जाऔ' भनी कोठामा थुनेको र जबरजस्ती आरोप लगाउँदै ती महिलाले १९ गते प्रहरीमा उजुरी गरेकी थिइन्।

रौतहट प्रहरीले जबरजस्ती करणी मुद्दा दर्ता गरी ७ दिनको म्याद थप गरेको गरेको छ।

पीडित महिलाको जिल्ला अस्पताल गौरमा स्वास्थ्य परीक्षण गरी मुद्दा दर्ता गरेपछि महिलालाई चितवन पठाइएको छ। अहेवा सिंह हाल प्रहरी हिरासतमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell