PahiloPost

May 21, 2026 | ७ जेठ २०८३

रिफ्लेक्सन : नेपाल अन्तर्राष्ट्रिय महोत्सवबारे पुस्तक र डकुमेन्ट्री विमोचित



पहिलोपोस्ट

रिफ्लेक्सन : नेपाल अन्तर्राष्ट्रिय महोत्सवबारे पुस्तक र डकुमेन्ट्री विमोचित
तस्विर : नविनबाबु गुरुङ

काठमाडौं : सन् २०१९ को फेब्रुअरी २५ देखि मार्च ४ सम्म भएको नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको दस्तावेजको रुपमा ‘रिफ्लेक्सन’ नामक पुस्तक र डकुमेन्ट्री सार्वजनिक भएको छ। सोमवार अनामनगरस्थित मण्डला थिएटरमा कार्यक्रम आयोजना गरी दुई दस्तावेज विमोचन गरिएको हो।

पुस्तकले महोत्सव आयोजनाको योजनादेखि यसको प्रभावसम्मका विषयलाई शब्द चित्रमा समेटेको छ। त्यस्तै डकुमेन्ट्रीमा मञ्चन भएका ३० नाटक र गतिविधिका संक्षिप्त भागहरु समेटिएको छ। पुस्तक विमोचनसँगै डकुमेन्ट्री देखाइएको थियो।

प्रकाशित सामाग्री महोत्सवमा भएका गतिविधिका दस्तावेजका रुपमा काम गर्ने विश्वास लिएको महोत्सव निर्देशक राजन खतिवडाले बताए। उनले भने, 'नाट्य क्षेत्र र यस सम्बन्धी अध्ययन अनुसन्धान गर्न समेत यी सामाग्री सहयोगी बन्नेछ।‘

महोत्सवका लागि नाटक चयन गर्न निर्णायकका रुपमा रहेका कवि विप्लव प्रतीकले विमोचन कार्यक्रमलाई पनि उत्सवको संज्ञा दिए। उनले नाट्य क्षेत्रमा काम गर्न अभिलेखहरुको अभाव हुने अवस्थामा प्रकाशित पुस्तक र डकुमेन्ट्रीले महत्वपूर्ण भूमिका खेल्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell