PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

'सानो पाईला'ले करोडौं राजस्व छलेको आरोप, पूर्व कार्यक्रम संयोजक भन्छन्, ‘त्यसको साक्षी म स्वयं हुँ’



राधेश्याम पटेल

'सानो पाईला'ले करोडौं राजस्व छलेको आरोप, पूर्व कार्यक्रम संयोजक भन्छन्, ‘त्यसको साक्षी म स्वयं हुँ’
सानो पाईला वीरगंजका पूर्व कार्यक्रम संयोजक अजितम पाण्डे।

वीरगंज : गैरसरकारी संस्था सानो पाईला वीरगंजले बर्षेनी करोडौ रुपैया मुनाफा गरी लाखौं रुपैया राजस्व छली गर्ने गरेको आरोप लागेको छ। संस्थाका पूर्व कार्यक्रम संयोजक अजितम पाण्डेले वीरगंजमा पत्रकार सम्मेलन गर्दै यस्तो गम्भीर आरोप लगाएका हुन्।

नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभा हलमा आयोजित पत्रकार सम्मेलनमा पाण्डेले मुनाफारहित संस्थाको रुपमा जिल्ला प्रशासन कार्यालयमा दर्ता रहेको सानो पाईलाले देशी–विदेशी दाताहरुबाट करोडौ रुपैयाँ उठाएर कार्यक्रमको नाममा लाखौ हिनामिना गरेको आरोप लगाए।

‘संस्थाका अध्यक्ष कन्चन झाले ६ बर्षसम्म वार्षिक साधारण सभासमेत नगरी मनोमानी तरिकाले काम गरेर करोडौंको अनियमितता गरिरहेका छन्,’ उनले आरोप लगाउँदै भने, ‘समाजिक संस्था हो, तर सानो पाइलाले विदेशी मुद्रा अपचलन गरिरहेको छ, सबै नक्कली बिल बनाएर वार्षिक अडिट रिपोर्ट तयार गर्छ, त्यसको साक्षी म स्वयम हुँ।’

अजितम पाण्डे विगत ७ वर्षदेखि सानो पाइलाको कार्यक्रम प्रबन्धकको रुपमा काम गर्दै आएका थिए। संस्थासँग आर्थिक विषयमै विवाद हुँदा आफूलाई संस्थाबाट कारबाही गरी निकालिएको उनले पत्रकार सम्मेलनमा खुलाए।

संस्थाका सिईओ अर्थात करोडौं रुपैयाँको हिनामिना गर्ने आरोपसहित झालाई कारबाहीका लागि आफूले अख्तियारदेखि प्रहरीमा समेत ठगी मुद्दा दर्ता गराएको पनि उनले बताए। संस्थाले तयार पारेको फर्जी कागजातको छानबिन भए संस्थाको भित्री कुरा सबै प्रस्ट हुने उनले दाबी गरे।

यसैबीच, मंसिर ४ गते पर्सा प्रहरीमा अध्यक्ष झा र लेखापाल दिपेश सर्राफमाथि ठगी मुद्दा दर्ता भएको थियो। मंसिर ५ गते पर्सा जिल्ला अदालतबाट दुवैलाई पक्राउ पुर्जी समेत जारी भएको थियो। मंसिर १८ गते आरोपित झा र लेखापाल सर्राफले प्रहरीको विरुद्धमा जनकपुर उच्च अदालत अस्थायी ईजलाश वीरगंजमा निवेदन दिएपछि मंसिर १७ गते सम्मको लागि अदालतबाट निषेधाज्ञा जारी भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell