PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

फेन्सिङमा नेपाललाई दुई रजत



रासस

फेन्सिङमा नेपाललाई दुई रजत

काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत फेन्सिङमा नेपालले आज दुई रजत पदक जितेको छ। नेपालले महिला टिम इपी र महिला टिम साबरमा रजत जितेको हो। 

यससँगै नेपालले फेन्सिङमा चार रजत तथा छ कास्य गरी १० पदक जितेको छ। दुवै  प्रतिस्पर्धामा नेपाल भारतसँग पराजित भयो। महिला टिम इपीमा बंगलादेश र श्रीलंकाले कास्य जिते।

यस्तै महिला टिम साबरमा पनि बंगलादेश र श्रीलंकाले नै कास्य जिते। पुरुष फ्वेल प्रतिस्पर्धामा भारतले स्वर्ण, बंगलादेशले रजत तथा नेपाल र श्रीलंकाले कास्य जिते। फेन्सिङमा भारतले ११ स्वर्ण, पाँच रजत र एक कास्य, बंगलादेशले एक स्वर्ण, तीन रजत र सात कास्य तथा नेपालले चार रजत र छ कास्य जितेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell