PahiloPost

Jul 24, 2025 | ९ साउन २०८२

संसद्को हिउँदे अधिवेशन पुस ४ गतेदेखि, सभामुख चयन पहिलो एजेण्डा



पहिलोपोस्ट

संसद्को हिउँदे अधिवेशन पुस ४ गतेदेखि, सभामुख चयन पहिलो एजेण्डा

काठमाडौं : संघीय संसद्को हिउँदे अधिवेशन पुस ४ गतेदेखि आह्वान हुने भएको छ। दुई साताको अन्तरालपछि सोमबार बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो। मन्त्रिपरिषदको सिफरिस अनुसार संघीय संसद्को अधिवेशन राष्ट्रपतिबाट आह्वान हुनेछ।

बजेट अधिवेशन असोज २ गतेबाट अन्त्य गरिएको थियो। 

बजेट अधिवेशन अन्त्य लगत्तै सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका थिए। जबर्जस्ती करणी उद्योगको आरोप लागेपछि महराले राजीनामा दिएका थिए। महराले राजीनामा दिएपछि सभामुख कसलाई बनाउने भन्ने छलफल सत्तारुढ दलभित्र जारी छ। 

हिउँदे अधिवेशनका लागि यसअघि विचाराधीन रहेका र नयाँ दर्ता गरेकासहित ३० भन्दा बढी विधेयक विचाराधीन छन्। सभामुख नभएका कारण पाँच विधेयक प्रमाणीकरणका लागि रोकिएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell