PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

राष्ट्रियसभा सदस्य निर्वाचन माघ ९ मा गर्न प्रस्ताव, कसको सकिँदैछ कार्यकाल?



पहिलोपोस्ट

राष्ट्रियसभा सदस्य निर्वाचन माघ ९ मा गर्न प्रस्ताव, कसको सकिँदैछ कार्यकाल?

काठमाडौं : निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त हुने एक तिहाइ सदस्य चयनका लागि माघ ९ गते निर्वाचनको मिति प्रस्ताव गरेको छ। आइतबार राजनीतिक दलहरुसँग सर्वपक्षीय छलफल गरेपछि आयोगले उक्त मितिबारे सरकारलाई परामर्श दिएको हो। आयोग पदाधिकारीले औपचारिक रुपमा मितिबारे जानकारी गराइसकेका छन्। 

राष्ट्रियसभाका ५९ मध्ये एक तिहाइ सदस्यको कार्यकाल फागुन २० गते सकिँदैछ। संघीय संसद्को पहिलो अधिवेशन प्रारम्भ भएको मितिले दुई वर्षका लागि १९ सदस्यको कार्यकाल छ।

कानुनी व्यवस्था अनुसार आयोगको परामर्शमा सरकारले अब निर्वाचनको मिति तोक्नेछ। आयोगले चुनावका लागि कम्तीमा ३५ दिनको तयारी आवश्यक रहने बताउँदै आएको छ। राष्ट्रियसभा सदस्य निर्वाचन ऐन अनुसार पनि सदस्यको कार्यकाल सकिनुभन्दा ३५ दिनअघि निर्वाचन गर्नुपर्ने व्यवस्था छ। 

कसको सकिँदैछ कार्यकाल
पहिलोपटक ५६ जना सदस्यको नै निर्वाचन भएको थियो। कूल ५९ मध्ये तीन सदस्य मन्त्रिपरिषदको सिफारिसमा मनोनीत भएका हुन्। संसद् सचिवालयले निर्वाचन भएर आएको विधि अनुसार नै क्लष्टर विभाजन गरी २०७५ असारमा कार्यकाल विभाजनका लागि गोलाप्रथा गरेको थियो। 

जसमा पहिलो दुई वर्षे कार्यकालका लागि १९, चार र ६ वर्षे कार्यकालका लागि क्रमशः २०/२० जना सदस्य छन्।

गोलाप्रथाको नतिजा अनुसार आउँदो फागुनमा कार्यकाल सकिनेमा कमलाकुमारी ओली, कालीबहादुर मल्ल, खेमराज नेपाली, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा छन्। 

यस्तै, बद्री पाण्डे, बलराम बाँस्कोटा, मीना बुढा, मुक्ता कुमारी यादव, युवराज खतिवडा, युटोला तामाङको कार्यकाल पनि दुई वर्षकै छ। रमेश प्रसाद यादव, राजकुमार कुँवर, रामपृत पासवानको कार्यकाल पनि फागुन २० सम्ममात्र छ। 

विन्दादेवी आले (राना), वृशेषचन्द्र लाल, सरिता प्रसाईँ, सुरेन्द्रराज पाण्डे र हरिचरण शिवाकोटीको कार्यकाल पनि फागुन २० मा नै सकिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell