PahiloPost

Jul 24, 2025 | ९ साउन २०८२

सूचना आयोगको प्रमुख आयुक्तमा महेन्द्रमान गुरुङ नियुक्त



पहिलोपोस्ट

सूचना आयोगको प्रमुख आयुक्तमा महेन्द्रमान गुरुङ नियुक्त

काठमाडौँः सरकारले राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा महेन्द्रमान गुरुङलाई नियुक्त गरेको छ। उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेको अध्यक्षताको सिफारिस समितिको आइतबारको निर्णय अनुसार मन्त्रिपरिषद बैठकले गुरुङलाई प्रमुख आयुक्तमा नियुक्त गरेको हो। हालका पदाधिकारीको कार्यकाल सकिएपछि नियुक्ति लागू हुनेछ।

गुरुङ अवकाशप्राप्त सचिव हुन्।

यस्तै, आयुक्तद्वयमा कमला ओली (थापा) र दीपक मैनाली छन्। ओली नेपाल कम्युनिस्ट पार्टीका नेता कर्णबहादुर थापाकी श्रीमती हुन्। मैनाली पत्रकार हुन्।

सिफारिस समितिमा उपसभामुखको अध्यक्षता विवादमा रहेकै अवस्थामा प्रमुख आयुक्त र आयुक्त सिफारिस भएका थिए। सोही सिफारिस अनुसार सोमबारको मन्त्रिपरिषद् बैठकले पदाधिकारी नियुक्त गरेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell