PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

वीरगंजमा बन्द कोठामा भेटियो आमाछोरीको शव : पति फरार, हत्या भएको आशंका



राधेश्याम पटेल

वीरगंजमा बन्द कोठामा भेटियो आमाछोरीको शव : पति फरार, हत्या भएको आशंका

वीरगंज : वीरगंज महानगरपालिका १२ मुर्ली नयाँ टोलमा सोमबार राति बन्द कोठाबाट आमा-छोरीको शव फेला परेको छ।

बाराको कलैया उपमहानगरपालिका २६ सिसुवा महेशपुर घर भई मुर्ली, नयाँ टोल डेरामा बस्दै आएका पवन साहको २५ वर्षीय श्रीमती र दुई वर्षीय छोरीको शव फेला परेको प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले बताए।

स्थानीय मोहन झाको घरमा शव फेला परेको हो। शव कुहिएर दुर्गन्ध नै आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। मृतकका पति पवन फरार रहेकोले हत्यापछि शव छोडेर भागेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। शव पोस्टमार्टमका लागि नारायणी अस्पताल लगिएको छ। फरार पवनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell