PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

दशरथ रंगशालामा प्रहरीको लाठी चार्ज

दशरथ रंगशालामा प्रहरीको लाठी चार्ज

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौः त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रहरीले टिकट खरीद गर्न गएका खेलप्रेमी माथि लाठी प्रहार गरेको छ।

१३ ‌औं दक्षिण एसियाली खेलकुद (साग) को आज समापन हुँदैछ। समापनसँगै फुटबलको फाइनल खेल पनि आजै छ। फुटबलसँगै बक्सिङ, जुडो, बास्केटबल लगायतका खेलको फाइनल पनि बाँकी नै छ। नेपाल भर्सेस भुटानको खेल हेर्नका लागि टिकट लिन पुगेका दर्शकलाई हटाउने क्रममा लाठी प्रहार भएको हो।

टिकट नपाएपछि विरोधमा उत्रिएका दर्शकमाथि प्रहरीले लाठी प्रहार गरेको हो। प्रहरीको लाठी लागि समाचार स‌ंकलन गर्न गएका नागरिक दैनिकमा कार्यरत पत्रकार सुमन चापागाई समेत घाइते भएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell