PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

तीन साता अमेरिका भ्रमणपछि राप्रपा अध्यक्ष कमल थापा काठमाडौंमा



पहिलोपोस्ट

तीन साता अमेरिका भ्रमणपछि राप्रपा अध्यक्ष कमल थापा काठमाडौंमा

काठमाडौं : तीन साता लामो अमेरिका यात्रा पूरा गरी राप्रपा अध्यक्ष कमल थापा काठमाडौं आइपुगेका छन्।

अध्यक्ष थापा अमेरिकाको वासिङटनमा अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनको आइडियु फोरम, बाल्टिमोरमा प्रवासी नेपाली एकता समाज अमेरिकाको अधिवेशन, टेक्सासमा आयोजित नेपाली समुदायसँग बृहत छलफल एवं अन्तरक्रिया लगायतका विविध कार्यक्रममा सहभागी हुन कात्तिक २७ गते त्यसतर्फ प्रस्थान गरेका थिए। आइडियु फोरममा सहभागी हुने क्रममा अध्यक्ष उनले अन्तर्राष्ट्रिय डेमोक्रेटिक युनियनका अध्यक्ष एवं क्यानडाका पूर्व प्रधानमन्त्री स्टेफेन हार्पर, महासचिव क्रिस्टिन क्याटनर, एशिया प्यासिफिक डेमोक्रेटिक युनियनका महासचिव ब्रुस इडवार्डस् लगायत युनियनका सदस्य पार्टीका नेताहरूसँग महत्त्वपूर्ण भेटघाट र वार्ता गरेका थिए। क्यानाडाका पूर्व प्रधानमन्त्री तथा आइडीयूका अध्यक्ष स्टेफेन हार्परले उदघाटन गरेको सम्मेलनमा विश्वका ५५ देशका विभिन्न राजनीतिक दलका नेताहरुको सहभागिता रहेको थियो।

सम्मेलनमा अध्यक्ष थापा नेतृत्वको प्रतिनिधिमण्डलमा पार्टीका सहायक महामन्त्री प्रेमकुमार श्रेष्ठ र आमन्त्रित केन्द्रीय सदस्य लोकनाथ तिवारीको सहभागिता थियो।

अध्यक्ष थापालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङ, उपाध्यक्ष तोरण बहादुर गुरुङ, महामन्त्री भास्कर भद्रा लगायतका नेता, कार्यकर्ताले स्वागत गरेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell