काठमाडौं : दक्षिण एसियाली खेलकुद सागमा सबैभन्दा बढीको नजर रहेको फुटबल फाइनलपूर्व संघीय संसद सचिवालयका कर्मचारी र सांसदहरुबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ।
आज दिउँसो नेपाल र भुटानले स्वर्ण पदकका लागि दशरथ रंगशालामा प्रतिस्पर्धा गर्दैछन्। त्यही खेल मैदानमा एमेच्योर फुटबल आयोजना गरिएको हो। प्रतियोगितामा कर्मचारीले सांसदहरुलाई ४-० ले हराएका छन्।
दैनिकजसो फुटबल प्रतियोगिता भएका कारण रंगशाला मैदान रंगहीन हुँदै गइरहेको अवस्थामा आज एकाएक कर्मचारी र सांसदबीच प्रतिस्पर्धा गराइएको हो। प्रतियोगिताका हिसाबले कुनै पनि औचित्य नरहेको यो खेलका दृष्यहरु यस्ता थिए :