
सुरुंगा : पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कनकाई नगरपालिका-४ कोटिहोम नजिकै आज भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोरङको अमरदह नगरपालिका-२ का २३ वर्षीय किसन साह रहेका छन्। सडक छेउमा रोकी राखेको ना ५ ख ७६६ नम्बरको ट्रकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को ३९ प ७५४ नम्बरको मोटरसाइकल ठोक्किँएर पुनःपश्चिम जाँदै गरेको मे १ च ४२८१ नम्बरको कारसँग ठक्कर खाँदा मोटरसाइकल चालक साहको मृत्यु भएको प्रहरीले जनाएको छ।