PahiloPost

Jul 24, 2025 | ९ साउन २०८२

स्वर्णमा नेपालको लक्ष्य पूरा : बक्सिङबाट सनिल शाहीले नेपाललाई दिलाए ५० औं स्वर्ण



पहिलोपोस्ट

स्वर्णमा नेपालको लक्ष्य पूरा : बक्सिङबाट सनिल शाहीले नेपाललाई दिलाए ५० औं स्वर्ण

काठमाडौं : १३ औं दक्षिण एशियाली खेलकूद (साग)मा नेपालले आज स्वर्णको संख्या ५० पुर्‍याएको छ। नेपाल हाल ५० स्वर्ण पदकसहित दास्रो स्थानमा छ।

आज पुरुष बक्सिङतर्फको ६० केजी तौल समूहमा सनिल शाहीले स्वर्ण जितेका हुन्।

जितपछि शाही भावुक भएका थिए। उनले सञ्चारकर्मीहरुसँग कुरा गरिरहँदा पनि आँशु थाम्न सकेनन्। धेरै मेहेनतपछि आज स्वर्ण मिलेको बताउँदै उनले खुसी व्यक्त गरे।

भारत पदक तालिकाको शीर्ष स्थानमा कायमै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell