PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

पत्रकार कुट्ने प्रहरीलाई 'गेट वेल सुन प्रहरी' लेखिएको प्ले कार्ड, विदेशी पत्रकार पनि धर्नामा

पत्रकार कुट्ने प्रहरीलाई 'गेट वेल सुन प्रहरी' लेखिएको प्ले कार्ड, विदेशी पत्रकार पनि धर्नामा

मुकुन्द घिमिरे/पहिलोपोस्ट


काठमाडौं : पत्रकार सुमन चापागाईँमाथि प्रहरीले गरेको आक्रमणलाई लिएर खेल पत्रकारहरुले सुरक्षित रुपमा रिपोर्टिङ गर्न पाउने अधिकारको माग गरेका छन्।

सागको रिपोर्टिङमा खटिएका चापागाईँमाथि सुरक्षार्थ खटिएका डिएसपी सन्तोष राठोरले कुटपिट गरेका थिए। प्रहरीको कुटाइबाट घाइते भएका उनको ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीको ज्यादतीको विषयलाई लिएर एकजुट भएका खेलकुद पत्रकारहरु प्ले कार्डसहित विरोधमा उत्रिए। उनीहरुले 'गेट वेल सुन नेपाल प्रहरी', 'प्रहरी ज्यादती बन्द गर', 'समाचार संकलनको अधिकार रक्षा गर' लगायतका नारासहित प्ले कार्ड लिएर धर्नामा बसेका छन्।

नेपाली पत्रकारमात्र होइन, सागको रिपोर्टिङ गर्न आएका विदेशी पत्रकारहरुले पनि खेलकुद पत्रकार मञ्चको आह्वानमा भएको प्रदर्शनमा साथ दिएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell