PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

संसद अधिवेशन पुस ४ गते, राष्ट्रपतिद्वारा आह्वान



पहिलोपोस्ट

संसद अधिवेशन पुस ४ गते, राष्ट्रपतिद्वारा आह्वान

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ४ गतेका लागि संसदको अधिवेशन आह्वान गरेकी छिन्।

नेपालको संविधानको धारा ९३ बमोजिम उक्त दिनका लागि संसदको आह्वान गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

पुस ४ गते शुक्रवार दिउँसो ४ बजेका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बैठक डाकिएको हो। राष्ट्रपतिले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell