PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

साग भव्य रुपमा सफल भएकोमा सबैलाई धन्यवाद : प्रधानमन्त्री ओली



पहिलोपोस्ट

साग भव्य रुपमा सफल भएकोमा सबैलाई धन्यवाद : प्रधानमन्त्री ओली
फाइल फोटो।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली देश र जनताका बीच एकता र मित्रता अभवृद्धि गर्ने अपेक्षासहितको तेह्रौं साग सफलतापूर्वक सम्पन्न भएको सबैलाई बधाई र धन्यवाद दिएका छन्।

साग समापन समारोहमा भिडियो कन्फ्रेन्सबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले दक्षिण एसियाका लागि मिनी ओलम्पिक मानिने यस प्रतियोगिता अत्यन्तै ठूलो महत्व रहको बताए।

'यो खेल आजैबाट सफलतापूर्वक सम्पन्न हुँदैछ। म खुशी व्यक्त गर्न चाहन्छु – भूकम्पबाट ध्वस्त भएका संरचनाहरु तयार गरेर खेल आयोजना गर्न सफलता मिलेको छ,' प्रधानमन्त्री ओलीले भने, 'यसपल्टको खेलमा पहिले कहिल्यै भन्दा बढी खेलाडीको सहभागिता, पहिले कहिल्यै भन्दा बढी खेलहरुको संलग्नता रहेको छ। पदकहरु पनि यस पटकको तेह्रौं साग गेममा पहिले भन्दा धेरै राखिएका छन्। समग्रतामा भन्दा यो सफल र ऐतिहासिक खेलकूद रहेको छ।'

काठमाडौं, पोखरा र जनकपुरधामबाट एकैसाथ खेलकूद प्रतियोगिता सञ्चालन हुनु र सफलतापूर्वक दक्षिण एसियाली खेलकूदको सुखद् समापनमा आइपुग्नुलाई खुशीको कुरा बताउँदै उनले सफलताका लागि योगदान गर्ने नेपाल लगायत सबै सहभागी देशका सरकारहरु, खेल क्षेत्र, खेलाडीहरु र प्रशिक्षकहरुलाई धन्यवाद अपर्ण गरे। साथै, अत्यन्तै भव्य रुपमा सफल भएको सागले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन योगदान पुर्‍याउने विश्वास पनि व्यक्त गरे।

'यस खेलमा सहभागी विभिन्न मित्र देशका खेलाडी, प्रशिक्षक सबैले भ्रमण वर्षलाई मद्दत पुग्नेगरी योगदान गर्नुहुने छ भन्ने मैले अपेक्षा गरेको छु,' ओलीले सम्बोधनमा भने।

उनले नेपाली खेलाडीहरुलाई जितका लागि विशेष धन्यवादसमेत दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell