PahiloPost

Aug 26, 2026 | १० भदौ २०८३

प्रधानमन्त्री ओलीलाई लगियो अस्पताल, आज डायलासिस गरिँदै



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीलाई लगियो अस्पताल, आज डायलासिस गरिँदै
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको आज डायलासिस हुँदैछ। डायलासिसका लागि ओलीलाई त्रिवि शिक्षण अस्पताल* लगिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। थापाका अनुसार डायलासिसपछि उनलाई आजै प्रधानमन्त्री निवास बालुवाटार फर्काइनेछ।

'साग खेलपछि नियमित डायलासिसका लागि जानुभएको हो,' थापाले भने। प्रधानमन्त्री ओलीले आजै साग खेल समापन समारोहलाई भिडियो कन्फ्रेन्स मार्फत् सम्बोधन गर्दै सफलताका लागि सबैलाई धन्यवाद दिएका थिए।

(यसअघि ग्रान्डी अस्पताल लेखिएकोमा सच्याइएको छ।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell