PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

जिल्ला समन्वय समितिकै असमन्वय, स्थानीय निर्वाचन यता पर्सामा बस्न सकेन जिल्ला सभा!



राधेश्याम पटेल

जिल्ला समन्वय समितिकै असमन्वय, स्थानीय निर्वाचन यता पर्सामा बस्न सकेन जिल्ला सभा!

वीरगंज : स्थानीय तहको चुनाव भएको लगभग तीन वर्ष पुग्न लागेको छ। यो अवधिमा करिब २ पटक जिल्ला सभा हुनु पर्ने कार्यविधि छ। तर जिल्ला समन्वय समिति पर्साको असमन्वय नीतिको कारण र जिल्ला सभापतिको उदासिनताको कारण दुई वर्षदेखि जिल्ला सभा हुन सकेको छैन।

करिब अढाई वर्षको अवधिमा अहिलेसम्म ६ जना तत्कालिन एलडिओ अहिलेको जिल्ला समन्वय अधिकारीको आगमन र सरुवा भइसक्दा पनि दुई वटा जिल्ला सम्मेलन नभएकोमो स्थानीय तहका जनप्रतिनिधिहरुले गुनासो गरेका छन्। चुनाव हुदाँ जिल्ला समन्वय अधिकारी निश्चलराज पाण्डे थिए, त्यसपछि अहिले देवनाथ यादव निमित्त जिल्ला सम्नवय अधिकारीको रुपमा कामकाज हेर्दै छन्। तर यसअघिका समन्वय अधिकारीहरुको लापारवाहीले जिल्ला सभा नभएको अनुमान आरोप लगाइएको छ।

हालका निमित्त समन्वय अधिकारी यादवका अनुसार पर्सामा जिल्ला सभा हुन नसक्दा १४ वटा पालिकाबीच सहकार्य तथा समन्वय गर्न पनि समस्या भइरहेको बताउँछन्। उनले भने,‘म भर्खरै आएको छु, तर जिल्ला सम्वय समिति संविधानबाट नै हेपिएको कार्यालय हो, पालिकाहरुको प्रमुख प्रशासकीय अधिकृतहरुलाई कल गर्दा फोन लाग्दैन, कसैले टेर्दैन, तैपनि यस वर्षको जिल्ला सभा गर्न हामी तयारीमा जुटको छौ।’ उनले जिल्ला सभा हुन नसक्दा जिल्ला समन्वय समितिको १८ वटा बैंक खाता मध्ये १३ वटा खाता हेर्दा करिब १५ करोड रुपैया मौज्दात रहेको पाइएको र जिल्ला सभा भएपछि सो रकमको बजेट विनियोजन गर्न सजिलो हुने पनि बताए।

हरेक वर्षमा एक पटक गर्नु पर्ने जिल्ला सभामा १४ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समितिका सभापति, उपसभापति र थप ४ जना सदस्यहरु गरी ३४ जनाको सभा हुने प्रवधान छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell