PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

अज्ञात समूहले गरे दुई वडा कार्यालयमा आगजनी



रासस

अज्ञात समूहले गरे दुई वडा कार्यालयमा आगजनी
प्रतीकात्मक तस्विर।

भोजपुर : यहाँ दुई वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ। रामप्रसादराई गाउँपालिका-२ धोद्लेखानीको वडा कार्यालय र पौवादुङमा गाउँपालिका-३ च्याङ्ग्रेको वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ।

पौवादुङमा-३ च्याङ्ग्रेको  वडा कार्यालयमा मट्टितेल छर्केर कागजपत्र, कुर्सी, फर्निचरलगायतका सामग्रीमा आगजनी गरिएको गाउँपालिकाका उपाध्यक्ष सम्झना राईले जानकारी दिइन्। रामप्रसादराई-२ को कार्यालय भने पूर्णरुपमा ध्वस्त रहेको स्थानीयवासीले बताएका छन्।

घटनाको जानकारी पाउनासाथ प्रहरी सो स्थानतर्फ गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नरबहादुर सलामी मगरले बताए।  घटनाका विषयमा थप जानकारी आउन बाँकी रहेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell