PahiloPost

Sep 8, 2026 | २३ भदौ २०८३

बाबुको हत्या गरेको आशंकामा आमा-छोरा पक्राउ



रासस

बाबुको हत्या गरेको आशंकामा आमा-छोरा पक्राउ

सुर्खेत : प्रहरीले बाबुको हत्या गरेको आशंकामा आमा-छोरालाई पक्राउ गरेको छ। पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका-२ मालनेटाबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार सोही ठाउँका ४७ वर्षीय लोकबहादुर बिसीको हत्या गरेको आशंकामा श्रीमती सुमित्रा र छोरा कमल बिसीलाई मंगलवार साँझ पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरोज चौलागाईंले लोकबहादुरको शव घरदेखि ५० मिटर टाढा गोरेटो नजिक सोमवार फेला परेको जानकारी दिए।

'घरभित्र हत्या गरेर बाहिर फालेको जस्तो देखिएको छ,' उनले भने, 'अनुसन्धानका लागि मृतककी श्रीमती र छोरालाई नियन्त्रणमा लिइएको हो, अनुसन्धान हुँदैछ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell