PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

वीरगंजमा सञ्चालनमा आयो योग विद्यालय



राधेश्याम पटेल

वीरगंजमा सञ्चालनमा आयो योग विद्यालय

वीरगंज : वीरगंजका मेयर विजय कुमार सरावगीले वीरगंजमा योग शिक्षा आर्जनको लागि योग विद्यालय सञ्चालनमा ल्याएका छन्। वीरगंज-४ बिर्तामा महानगरस्तरीय योग विद्यालयको मेयर सरावगीले उदघाटन गरेका हुन्।

कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले वीरगंज महानगरपालिकाको सबै वडाहरुमा योग शिविर चलाउन आयोजकहरुलाई अनुरोध गरे। योग गुरु स्वामी रामदेव महराज र आयुर्वेदाचार्य बाबा बालकृष्णको कृपाले पुरा विश्व योग दिवस मनाइ रहेको बताउदै मेयर सरावगीले महानगरबासीलाई निरोगी बनाउन सबै वडाहरुमा योग शिविर चलाउन अनुरोध गरे।

उनले महानगरपालिकाको सहयोग र पतंजली योग समिति पर्साको सहकार्यमा स्थापना भएको उक्त विद्यालयलाई अझ व्यवस्थित गर्न आफूबाट हुने सबै सहयोग प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

नगर प्रमुख सरावगीले सम्पूर्ण महानगरबासीमा योगको बारे जनचेतना जगाउदै योग शिविर चलाउन धेरै आवश्यक रहेको बताए। पतंजली योग समिति पर्साका जिल्ला अध्यक्ष नसिब लाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वीरगंज महानगरापलिका शिक्षा माहाशाखाका प्रमुख अरविन्दलाल कर्ण, उधोगपति अशोक टेमानी, योगगुरु भिम प्रसाद शर्राफ, र पतजलि योग समिति प्रदेश नम्बर २ का महासचिव किशोरी प्रसाद कलवार लगायतका उपस्थिति रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell