PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

मर्मतपछि भरतपुर विमानस्थल पुनः संञ्चालनमा



रासस

मर्मतपछि भरतपुर विमानस्थल पुनः संञ्चालनमा
फाइल फोटो (रासस)।

चितवन : भरतपुर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ। नागरिक उड्डयन प्राधिकरण भरतपुरले धावन मार्ग मर्मतसम्भार गर्नका लागि मंसिर १५ गतेदेखि विमानस्थल बन्द गरेको थियो।

धावन मार्ग मर्मत र रङरोगनका काम सम्पन्न भएसँगै विमानस्थल आजदेखि सञ्चालनमा ल्याइएको कार्यालयका प्रमुख पवनकुमार गौतमले जानकारी दिए। विमानस्थलको धावनमार्गमा मर्मतसम्भार र कालोपत्रे थप गरिएको छ।

गौतमका अनुसार धावनमार्ग मर्मतसँगै भ्रमण वर्षलाई लक्षित गर्दै विमानस्थललाई आकर्षक बनाइएको छ। भरतपुर विमानस्थलबाट दैनिक बुद्ध र यतिका पाँच/पाँच वटा जहाजले काठमाडौं र एक/एक वटा जहाजले पोखरा उडान भर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell