PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

स्मिथको योजना सपनाको साथ : २० हजार पाउण्डस्टर्लिङको लोभमा गुम्यो २४ लाख



सविन ढकाल

स्मिथको योजना सपनाको साथ : २० हजार पाउण्डस्टर्लिङको लोभमा गुम्यो २४ लाख

'अब म नेपाल नै आउँछु। बेलायत बसेर वाक्क भइसकेँ।'

बेलायतमा रहेका स्मिथ मोरिसले सपनालाई केही महिना अघिमात्र सुनाएका थिए। स्मिथ नेपाल आउनु नआउनुको कुनै कनेक्सन थिएन सपना सित। काठमाडौं बसेर साधारण जीवन बिताइरहेकी सपनाका लगि फेसबुकमार्फत् एक वर्षअघि जोडिन पुगेका स्मिथ सपनाको राम्रो साथीमात्र थिए।

उनीहरु बीच फेसबुक र भाइवरमा भने घन्टौं कुराकानी हुन्थ्यो। उनीहरुको भेट भर्चुअल चियो, चिनाजानी पनि। स्मिथ मोरिस धनी भएको बताउँथे।

एकदिनको कुरा हो। स्मिथले सपनालाई २० हजार पाउन्ड पठाउने सुनाए। सपना त्यत्रो पैसाउन पठाउने भनेको सुनेपछि छक्क परिन्। चिठ्ठा परेको रकम पठाउने भनेपछि सपना खुशी हुनु स्वभाविक थियो। सपनाको जाने केही थिएन, आउँदै थियो पैसा। पठाउँदै थिए स्मिथले।

दुवै जनाको सल्लाह भएपछि स्मिथले पैसा पठाएको जानकारी सपनालाई दिए। केही दिनपछि सपनालाई भारतीय नम्बरबाट फोन आयो। फोनमा नेपाली महिलाको आवाज थियो। 'म सरिता बोलेको तपाईँको रकम आएको छ। आएको रकमको केही ट्याक्स तिर्नुपर्ने छ,' ती महिलाले भनिन्।

ट्याक्स !

सुरुमा सपना अन्योलdf परिन्। त्यसपछि उनले स्मिथलाई जानकारी गराइन् ट्याक्स मागियो भनेर। स्मिथले पनि कर तिरेर पैसा निकाल्न सुझाव दिए।

सात लाख ४० हजार रुपैयाँ करका लागि पठाउनुपर्ने भयो। केही समयपछि सपनालाई भारतीय रिजर्भ बैंकका एक कर्मचारीले फोन गरे। उनले पनि ट्याक्स तिरे रकम नेपाल आउने जानकारी दिए। भारतीय बैंकबाट नै जानकारी आएपछि सपना रकम तिर्न तयार भइन्। तर, पैसा कहाँ हाल्ने?

स्मिथले नेपालमा रहेका रमेश खड्काको नम्बर दिए।

रमेशलाई सपनाले देखेको त टाढाको कुरा नाम समेत सुनेकी थिइनन्। एक दिन भारतबाट फेरि आरभी बर्माको फोन आयो। रकम निकाल्न चाहिने करको विषय नै थियो उनीसँगको कुराकानीमा पनि। अन्ततः सपनाले पैसा पठाइन्।

तर, एकदिन दुई दिन वित्दै गयो। पैसा चाहिँ आएन। फेरि उही प्रकृया दोहरिन थाल्यो। रकम निकाल्न थप पैसा हाल्नुपर्ने भयो। सात लाख होइन, सत्र लाख रहेछ करमात्र। सपनासँग यति धेरै पैसा हुने कुरा भएन। उनले विदेशमा रहेका आफन्तबाट रकम संकलन गरिन्। यस पटक भने रमेश खड्काको खातामा नभइ ११ जना भारतीय नागरिकको बैंक खातामा पैसा हाल्न पर्योक उनले।

सपना ढुक्क थिइन, २० हजार पाउन्ड आउँदै थियो। तर, पैसाभन्दा पहिले उनीकहाँ आइपुगे प्रहरी। महानगरीय अपराध महाशाखाको टोलीले सपनालाई ठगिएको सुनाएपछि उनी छाँगाबाट झरे झै भइन्।

प्रहरीको सूचीमा सपनाको साथीको नाम थियो स्मिथ अर्थात्, ठग। अनलाOबाट ठगिएको अनुसन्धान गर्दै जाँदा पीडित भइसकेकी सपनाको सम्पर्कमा प्रहरी आफैँ पुगेको थियो। त्यसपछि भने सपनाले प्रहरीमा आफू ठगिएको उजुरी दिइन्। प्रहरीले अनलाइबाट ठगी गर्ने ३ जना नेपालीलाई नियन्त्रणा लिइ बुधवार सार्वजनिक गर्दा उनले रकम बुझाएका व्यक्ति रमेश पनि परेका छन्।

सोसल मिडियाबाट ठग्ने समूहको हात बैंकको ह्याकिङसम्म

महानगरीय अपराध महाशाखाले बुधवार अनलाइनमार्फत् ठगीमा सक्रिय रहेको अभियोगमा प्रहरीले तीन जनालाई सार्वजनिक गर्‍यो। पक्राउ पर्नेमा दोलखा फुलपाका ५२ वर्षीय रमेश खड्का, नवलपरासी रामग्रामका ३७ वर्षीय विशेश्वरप्रसाद तिवारी र संदीप कलवार रहेका छन्। रमेश खड्का तिनै व्यक्ति हुन् जसको खातामा सपनाले पहिलोपटक सात लाख ४० हजार रुपैयाँ हालेकी थिइन्।

ठमेलमा होटल तथा रेस्टुरेन्ट व्यवसाय गरेर बसेका रमेशको सन् २०१० मा नाइजेरियन भनिएका पिटर हर्मनसँग चिनजान भएको थियो। पिटर ९ वर्षअघि नेपाल आएर रमेशको होटेलमा बसेका थिए।

'पिटर नेपाल आउँदा रमेशसँग बसेको देखिन्छ। त्यहीबाट उनीहरुको कनेक्सन जोडिएको हो,' महाशाखाका एसएसपी सहकुल थापाले भने।

काले भनिने पिटर तिनै व्यक्ति हुन् जसले गत असोजमा कृषि विकास बैंक लुट प्रकरण मच्चाएका थिए। पिटरकै योजनामा कृषि विकास बैंक लहान शाखाका कर्मचारीका युजर आइडी प्रयोग गरेर ४ करोड ६३ लाख रुपैयाँ ट्रान्सफर गरिएको थियो। प्रहरीले यस घटनामा संलग्न १५ जनाभन्दा बढीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो।

पिटरले नेपाली र भारतीय नागरिकलाई प्रयोग गरेर बैंक ह्याकिङ तथा अनलाई ठगी गरेको खुलेको छ। नेपाल मात्र ४० जना एजेन्ट बनाएको देखिएको छ।

'ऊ भारतमा बसेर नेपाली र भारतीय नागरिकलाई प्रयोग गरी ठगीमा सक्रिय छ। उसको कनेक्सन नेपालका केही मुख्य एजेन्टसँग भएको देखिन्छ,' एसएसपी थापाले भने।

प्रहरीले तीन जनाको एकाउन्टबाट १४ करोड ६७ लाख रुपैयाँको ट्रान्जेक्सन भएको फेला परेको छ। बैक अफ काठमाडौं, प्रभु, मेगा, हिमालयन, सनराइज, सिजिटन, नविल, माछापुछ्रे, एसबीआइ, नेपाल बंगलादेश, ग्लोबल आइएमइ, एनआइसी एसिया, स्ट्यान्डर चार्टर्ड, एनएमबी, सिद्धार्थ, लक्ष्मी बैकबाट कारोबार भएको देखिन्छ। यो रकम ठगीको मात्र हो या ह्याकरले बैंक ह्याकिङबाट झिकेको पुष्टि भइसकेको छैन।

अहिलेसम्म कृषि विकास बैंक र पानस रेमिट ह्याक भएर रकम झिकिएको पुष्टि भइसकेको छ। 'यत्रो रकम उपहार र अनलाइनको ठगीमात्र नहोला भन्ने हो। यो गिरोह बैंक ह्याकर भएकाले अन्य बैंक पनि ह्याकिङ भएका छन् कि भन्ने हो। अनुसन्धान गरिरहेका छौं,' एसएसपी थापाले भने।

स्मिथ मोरिस, पिटर, भारतीय नागरिक आरभी वर्मा र कृषि विकास बैंक लुट प्रकरणमा जोडिएका बैंकका कर्मचारी विजय कुमार साह र चन्द्र बुढाको सम्पर्क भएको देखिन्छ। साह र बुढाले भारतीय नागरिक मन्ताज भन्नेसँग भेटसमेत गरेको खुलेको छ।

मुख्य योजनाकार भनिएका पिटर र स्मिथले नेपाली एजेन्टलाई १५ देखि २० प्रतिशतसम्म कमिसन दिँदै लुटको योजना सफल बनाउँदै आएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell