PahiloPost

May 14, 2025 | १ जेठ २०८२

सागका पदक विजेतालाई सरकारको इनाम : स्वर्णलाई ९ लाख, रजतलाई ६ र कास्य जित्नेलाई ३ लाख

सागका पदक विजेतालाई सरकारको इनाम : स्वर्णलाई ९ लाख, रजतलाई ६ र कास्य जित्नेलाई ३ लाख

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : सरकारले १३ ‍औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने खेलाडीको लागि नगद पुरस्कारको घोषणा गरेको छ। आज बालुवाटारमा खेलाडी तथा खेलकुद पदाधिकारीहरुका माझ प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कारको घोषणा गरेका हुन्।

जसअन्तर्गत सागमा स्वर्ण जित्ने खेलाडीले जनही ९ लाख रुपैयाँ नगद पाउने छन्। त्यस्तै रजत जित्नेलाई ६ लाख र कास्य जित्नेलाई ३ लाख रुपैयाँ प्रदान गरिने बताइएको छ।

एकभन्दा धेरै पदक जित्नेले भने ११ लाख रुपैयाँमात्र पाउनेछन्। खेलाडी गौरिका सिंहले नेपालका लागि चार वटा स्वर्ण जितेकी छिन्। त्यस्तै तेक्वान्दी मण्डेकाजी श्रेष्ठ, आयशा शाक्यलगायतले दोहोरो पदक स्वर्ण पदक जितेका छन्। त्यस्तै टिम खेलमा स्वर्ण ल्याउने प्रत्येक खेलाडीले पाँच/पाँच लाख पाउनेछन्। स्वर्ण दिलाउने प्रशिक्षकले पनि पाँच लाख पुरस्कार पाउने बताइएको छ।

नेपालले फुटबल, भलिबल, बास्केटबल लगायत समूह खेलमा पदक जितेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell