PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

रजत र कास्य पदक टिम विजेताको पुरस्कार रकममा अलमल, प्रधानमन्त्रीको जवाफ, 'सानातिना कुरा पछि मिलाउँला'



समर्थ रञ्जित

रजत र कास्य पदक टिम विजेताको पुरस्कार रकममा अलमल, प्रधानमन्त्रीको जवाफ, 'सानातिना कुरा पछि मिलाउँला'

काठमाडौं : सरकारले यसपटक सागमा पदक जित्न सफल  खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गर्‍यो। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर सम्मान गर्दै पुरस्कारको घोषणा गरेका हुन्।

पुरस्कारको घोषणापछि टिममा रजत र कास्य उचाल्न सफल भएका खेलाडी भने अन्योलमा परेका छन्। समूहमा स्वर्ण जित्ने प्रत्येक खेलाडीले पाँच लाख रुपैयाँ दिइने घोषणा गर्दा रजत र कास्यको नाम भने प्रधानमन्त्रीले लिएनन्। यता स्वर्ण जित्ने टिमको टिम कोचलाई पनि पाँच लाख प्रदान गरिने बताइएको छ। 

प्रधानमन्त्री ओलीले पुरस्कार घोषणा गर्दै भने, 'कोचलाई पनि पाँच लाख। अरु सानातिन नमिलेका कुरा पछि मिलाउँला।'

पुरस्कार घोषणा कार्यक्रम सकिएपछि टिममा रजत र कास्य जितेका समूहका खेलाडी भने अन्योलमा परे। टिममा स्वर्णले प्रतिव्यक्ति पुरस्कार पाउँदा रजत पाउने खेलाडीले पनि प्रतिव्यक्ति पुरस्कार पाउला कि भनेर आशा गरे।

तर घोषणा सकिसक्दा रजत र कास्य पाउने खेलाडीबारे कतै नाम नआएपछि सामान्य विवादसमेत भयो।

बास्केटबल क्याप्टेन सतीश प्रधान राखेपका सदस्य सचिव रमेश सिलवालसँग स्पष्ट हुन खोजे। तर सिलवाल क्याप्टेन प्रधानसँग रुष्ट बने र विदेशतिर नै यस्तै नियम रहेको भन्दै पन्छिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell