PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुई जना पक्राउ



रासस

स्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुई जना पक्राउ

नेपालगञ्ज : नेपालगञ्जमा अवैध नेपाली रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपालगञ्ज उपमहानगरपालिका-२ घरबारीटोलबाट १३ लाख अवैध नेपाली रुपैयाँसहित सौरभ सोनी र विनोदकुमार सोनी पक्राउ परेका हुन्।

गस्तीमा रहेको प्रहरी टोलीले शंका लागेर जाँच गर्दा उनीहरुका साथमा स्रोत नखुलेको १३ लाख नेपाली रुपैयाँ भेटिएको प्रहरी निरीक्षक दीपक मल्लले जानकारी दिए।

यसैगरी, प्रहरीले बर्दियामा बेवारिसे अवस्थामा रहेका एक थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। प्रहरी चौकी गणेशपुरबाट खटिएको प्रहरी टोलीले बर्दियाको गुलरिया नगरपालिका-१२ भवानी सामुदायिक वनमा बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक बरामद गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell