PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

जीपले ठक्कर दिँदा एक जनाको मृत्यु, एक जना घाइते



रासस

जीपले ठक्कर दिँदा एक जनाको मृत्यु, एक जना घाइते

धम्बोझी : बर्दिया जिल्ला बारबर्दिया नगरपालिका-१० स्थित बैदीमा आज जीपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्।

जीपको ठक्करबाट बर्दिया जिल्ला बारबर्दिया नगरपालिका-१० बस्ने राजेन्द्र थारूकी ५ वर्षीया छोरी सामना थारूको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो।

सोही ठाउँ बस्ने ७० वर्षीया रुकमणि थारूलाई जीपले ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी छिन्। उनको उपचार मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ। जीपको ठक्करबाट दुवै जनाको टाउको र शरीरमा चोट लागेको थियो।

दिउँसो ३ बजे बैदीबाट जयनगरतर्फ जाँदै गरेको बाँसगढी नगरपालिका-४ बस्ने ४० वर्षीय भीमबहादुर चौधरीले चलाएको भे १ च १२१६ नम्बरको जीपले पैदल यात्री सामाना र रुकमणिलाई ठक्कर दिएको थियो। चालक र जीपलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell