PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

घाँटी अठ्याएर आफ्नै आमाको हत्या गर्ने छोरा पक्राउ



रासस

घाँटी अठ्याएर आफ्नै आमाको हत्या गर्ने छोरा पक्राउ

वालिङ : आफ्नै आमाको हत्या गर्ने छोरालाई प्रहरीले पक्राउ गरेको छ। स्याङ्जाको चापाकोट नगरपालिका–७ वनकट्टाकी ७४ वर्षीया बालकुमारी तिवारीलाई आफ्नै छोरा ४७ वर्षीय नारायण तिवारीले घाँटी अठ्याएर मारेको भन्ने किटानी जाहेरी प्राप्त भएसँगै छोरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक हेमराज घिमिरेले बताए।

प्रवक्ता घिमिरेका अनुसार छोरा नारायण तिवारीले मंसिर १२ गते करिब ४:३० बजे आमाले लगाएको कपडा तथा घरको पिँढीमा दिसापिसाब गरेको कारणले रिस थाम्न नसकी आवेशमा आई घाँटी अठ्याएर मारेको खुल्न आएको छ। पक्राउ परेका नारायणलाई ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) शीर्षकमा मुद्दा दर्ता गरी मंसिर २४ गते मंगलवार स्याङ्जा जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान गरिरहेको प्रवक्ता घिमिरेले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell