PahiloPost

Jul 29, 2026 | १३ साउन २०८३

बिहीवार सार्वजनिक बिदा होइन : गृह



रासस

बिहीवार सार्वजनिक बिदा होइन : गृह

काठमाडौं : बिहीवार उधौली पर्व र योमरी पुन्ही (ज्यापु दिवस) भए पनि सार्वजनिक बिदा भने दिइएको छैन। किराँत समुदायको उधौली पर्व र नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस) को दिन सार्वजनिक बिदा हो वा होइन भनेर सबै झुक्किरहेका बेला सरकारले सार्वजनिक बिदा नभएको जनाएको छ।

धेरै भित्तेपात्रोहरुमा यो दिनलाई सार्वजनिक बिदा जनाए पनि गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारले सार्वजनिक बिदा नभएको जानकारी दिए। सूचना विभागले जारी गरेको पात्रोमा भएको बाहेक अन्य दिन सार्वजनिक बिदा नभएको उनको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell