PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

च्याम्पियन्स लिग : टोटेनहम पराजित, रियल मड्रिड र पिएसजीको सहज जित



पहिलोपोस्ट

च्याम्पियन्स लिग : टोटेनहम पराजित, रियल मड्रिड र पिएसजीको सहज जित

च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा टोटेनहम बायर्नसँग पराजित भएको छ। घरेलु टोली बायर्नले टोटेनहमलाई ३–१ ले हराएको हो।

खेलको बायर्नको लागि किङ्स्ले कोमनले खेलको १४ औं मिनेटमै अग्रता बनाएका थिए। तर टोटेनहमका रायन सेसेगनले २० औं मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा ल्याए। फेरि बायर्नका लागि थोमस मुलरले पहिलो हाफको अन्तिम मिनेटमा गोल फर्काउँदा पहिलो हाफमै ब्रायन २–१ ले अघि रह्यो। दोस्रो हाफमा काउन्टिन्होले गोल गरेपछि खेल सहजताका साथ बायर्नले आफ्नो पक्षमा पार्‍यो।

गएराति नै भएको अन्य खेलहरुमा रियल मड्रिडले क्लब ब्रुगिसलाई ३–१ ले हरायो। पहिलो हाफ गोल रहित बराबरीमा टुङ्गिएको खेलमा दोस्रो हाफ रियलले अग्रता बनाएको थियोर। रियलका लागि रोड्रिगोले ५३ औं मिनेटमा गोल गरे। तर त्यसको २ मिनेट भित्र ब्रुगिसका भानाकनले गोल गर्दै खेल बराबरीमा ल्याए।

फेरि ६४ औं मिनेटमा भिन्सियसले गोल गर्दै फेरि रियललाई अघि बढाए। खेलको अन्तिम मिनेटमा फेरि लुका मोड्रिचले गोल गर्दा खेल रियलको पक्षमा आयो।

त्यस्तै गएराति नै भएको खेलमा पिएसजीले गलातासारेमाथि ५–० को फराकिलो जित दर्ता गर्‍यो। खेलको पहिलो हाफमा २ गोल गरेको पिएसजीले दोस्रो हाफमा ३ गोल थप्यो। पिएसजीका लागि इकार्डी,सारविया, नेइमार, एम्बाप्पे र काभानीले गोल गरेका थिए।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell