PahiloPost

Nov 12, 2025 | २७ कात्तिक २०८२

स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना गम्भीर घाइते



रासस

स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना गम्भीर घाइते

चरिकोट : दोलखाको भीमेश्वर नगरपालिका-२ तिखातलमा गएराति स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी तीन जना घाइते भएका छन्।

गएराति १० बजेको चरिकोटबाट दोलखा बजार जाने क्रममा स्काभेटर दुर्घटना हुँदा दोलखा जिल्ला बिगु गाउँपालिका-८ खोपाचागुका २२ वर्षीय राजु थामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। 

दुर्घटनामा परी तीन जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा भिमेश्वर नगरपालिका-२ का १६ वर्षीय सुमन थामी, बिगु गाउँपालिका-७ का २७ वर्षीय विजय श्रेष्ठ र स्काभेटर चालक कालीञ्चोक गाउँपालिका-४ का २२ वर्षीय राजकुमार थामी छन्। घाइतेहरुको काठमाडौंको ग्राण्डी र शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

तीव्र गतिका कारण स्काभेटर अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell