PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

कोलकातामा मञ्चन भयो नेपाली बालनाटक ‘करेसा कन्सर्ट’



पहिलोपोस्ट

कोलकातामा मञ्चन भयो नेपाली बालनाटक ‘करेसा कन्सर्ट’
फोटो : थिएटर मल।

काठमाडौं : भारतको ‘कोलकाता अन्तर्राष्ट्रिय बालनाटक महोत्सव’मा नेपाली बालनाटक ‘करेसा कन्सर्ट’ मञ्चन भएको छ।

कोलकातास्थित भारत सरकारको इन्टर्न जोनल कल्चरल सेन्टरको पूर्वसी अडिटोरियममा विभिन्न देशका बालबालिका लक्षित गरी बनाइएको नाटकसँगै नेपाली नाटक पनि मञ्चन भएको हो।

राराहिल स्कूलको प्रस्तुति र थिएटर मल नेपालको 'थिएटर सेन्टर फर चिल्ड्रेन'ले संयोजन गरेको नाटकको लेखन, परिकल्पना तथा निर्देशन रंगकर्मी केदार श्रेष्ठले गरेका हुन्।

११ देशका १७ नाटकले सहभागिता जनाएको महोत्सवमा नेपालबाट छनौट भएको ‘करेसा कन्सर्ट’ को बुधवार नेपालसँगै रसिया, इरान र श्रीलंकाको नाटक पनि मञ्चन भएको थियो। महोत्सवमा चीन, मेक्सिको, मलेसिया, हंगेरी, बंगलादेश, प्यालेस्टाइन तथा भारतका नाटकहरु पनि सहभागी छन्।

राराहिल कीर्तिपुरका विद्यार्थीहरुले अभिनय गरेको नेपाली नाटक ‘करेसा कन्सर्ट’मा हाम्रा करेसाबारीका तरकारी पात्रहरुको कथा छ। नाटकमा विभिन्न पात्रहरुमार्फत तरकारीको महत्व र विशेषतालाई नाटकीकरण गर्दै मानव स्वास्थ्यमा त्यसको लागि आवश्यकता उल्लेख गरिएको छ। साथै नाटकले अर्को पाटोबाट नेपाली समाजको चित्रण गर्दै समाजिक अस्तित्व, भेदभाव, अन्यौलता र निर्णयलाई चित्रण गरेको छ।

नाटकमा नसना महर्जन, सविना सेन, सुधा खनाल, मञ्जु महर्जन, कविना रोक्का, ओसिन राई, सुधा खनाल, सुजाता भट्ट र लकस महर्जनको अभिनय छ। रंगकर्मी सञ्जिता पराजुलीले कोरियोग्राफी गरेको नाटकमा शंकर भण्डारी स्टेज म्यानेजर छन् भने नाटकको कला तथा कस्ट्युम डिजाइन फाइन आर्टिस्टहरु संघ्राम महर्जन र सुजिता महर्जनले गरेका हुन्। राराहिलका सुनिल महर्जन र नीरज महर्जनको नेतृत्वमा गएको नेपाली नाट्य टोली महोत्सवमा नाटक प्रस्तुतिपछि शनिवार स्वदेश फर्किदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell