PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

अज्ञात समूहको आगजनीबाट वडा कार्यालयका सबै सामान जलेर नष्ट



रासस

अज्ञात समूहको आगजनीबाट वडा कार्यालयका सबै सामान जलेर नष्ट
प्रतीकात्मक तस्विर।

खाँदबारी : संखुवासभाको मादी नगरपालिका वडा नम्बर ५ को कार्यालय र सडक निर्माणका क्रममा रहेको स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको छ।

गएराति १२ः०० बजेतिर गरिएको आगजनीका कारण कार्यालयका कागजपत्र, फर्निचर, कम्प्युटर, फोटोकपी, प्रिन्टर र मोबाइल फोनलगायतका सबै सामान जलेर नष्ट भएका नगरप्रमुख विदुर सुब्बाले जानकारी दिए। आगजनी नेत्रविक्रम चन्द समूहले गरेको हुनसक्ने उनले बताए। आगजनी गर्ने समूहले मादी–ओखरबोटे सडकखण्डमा काम गर्दै गरेको स्काभेटरसमेत जलाएको छ।

आगजनीको घटनापछि अहिले त्यस क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मिम लामा बताए। आगजनीमा संलग्नको खोजीकार्य भइरहेको उनले बताए। वडा कार्यालय स्थानीय चतनाथ दाहालको घर भाडामा लिएर सञ्चालनमा थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell