PahiloPost

May 15, 2026 | १ जेठ २०८३

मोटरसाइकलको सिटमुनि लुकाएको ११ किलो चरेस बरामद, तस्कर फरार



राधेश्याम पटेल

मोटरसाइकलको सिटमुनि लुकाएको ११ किलो चरेस बरामद, तस्कर फरार

वीरगंज : सशस्त्र प्रहरीले ११ किलो चरेस बरामद गरेको छ। मोटरसाइकलको सिटमुनि लुकाएर भारत तर्फ लग्दै गरेको अवस्थामा उक्त चरेस सशस्त्र प्रहरीले विहिवार बरामद गरेको हो।

जगरनाथपुर गाउँपालिका-१ स्थित ओरिया खोला क्षेत्रमा गस्तीमा रहेको सशस्त्र प्रहरी बिओपी भिखमपुरको टोलीले चरेश बरामद गरेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय वीरगंजका प्रमुख प्रहरी उपरीक्षक दीपेन्द्र कुवरले जानकारी दिए।

प्रहरी उपरीक्षक कुवरका अनुसार सशस्त्र प्रहरी निरीक्षक निरन्जन नायजुको नेतृत्वको गस्ती टोलीलाई देखेर भारतीय नम्बर बिआर २२ जेड ३१२९ नम्बरको मोटरसाइकल छोडेर अज्ञात व्यक्ति भागेका थिए। प्रहरी टोलीले चोरीको मोटरसाइकल ठानेर बरामद गरेको मोटरसाइकलको जाच गर्दा सिटमुनि चरेस लुकाएर राखेको अवस्थामा फेला परेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell