PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

राखेपका सदस्य सचिव सिलवालको दाबी, 'गौरिकाले पाउँछिन् ५९ लाख' 



मुकुन्द घिमिरे

राखेपका सदस्य सचिव सिलवालको दाबी, 'गौरिकाले पाउँछिन् ५९ लाख' 

काठमाडौं : 'जलपरी'का नामले चर्चित गौरिका सिंहले दक्षिण एसियाली खेल(साग) मा चार स्वर्ण जितिन्। बुधवार स्वर्ण जित्नेहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ९ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरे। जसमा दुई भन्दा बढी स्वर्ण जित्नेलाई ११ लाख रुपैयाँ दिने भनिएको थियो।

तर गौरिकाले त चार स्वर्ण, २ रजत र ३ कास्य जितेकी छिन्। उनले कति रकम पाउने? यही विषय अहिले चर्चामा छ। 

बिहिवार रिपोर्टस् क्लबको साक्षात्कार कार्यक्रममा यसबारे राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले गौरिकाले पाउने पुरस्कारबारे स्पष्ट पारे। सिलवालले भने, ' खेलाडीको पुरस्कार राशिमा समस्या छैन। जस्तो गौरिका सिंहले ११ लाखको दरले अराउन्ड ५९ लाख पाउनु हुन्छ।' 

टिम इभेन्टमा भएका कमजोरीलाई थप प्याकेज बनाएर सोच्न सकिने उनको भनाई थियो। उनले भने, 'टिममा पाँच लाख अलि कम भए जस्तो देखियो। तर फुटबलमा २३*५ लाख गर्दा त १ करोड माथि हुन्छ। गोल्ड मेडल त एउटै काउन्ट हुन्छ।  अझ पनि टिम इभेन्टमा कमजोरी छ भने थप प्याकेजबारे सोच्न सकिन्छ।'

पुरस्कार रकम पहिले भन्दा धेरै बढेको दाबी गर्दै उनले सरकारलेसमेत खेललाई प्राथमिकतामा राखेको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell