PahiloPost

May 8, 2026 | २५ बैशाख २०८३

सिँचाइको नहरमा भेटियो एक युवकको शव



रासस

सिँचाइको नहरमा भेटियो एक युवकको शव

भीमदत्तनगर : कञ्चनपुरको कृष्णपुर नगरपालिका-२ बाणीका १९ वर्षीया सन्तोष पन्त महाकाली सिँचाइको नहरमा मृत अवस्थामा भेटिएका छन्।

आज बिहान बेदकोट नगरपालिकाको सिसैयास्थित नहरमा डुबेको अवस्थामा पन्तको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए।

'प्रारम्भिक जानकारी अनुसार बिहेमा आएका पन्त मोटरसाइकलबाट लडेर नहरमा डुबेको हुनसक्ने आशंका छ,' प्रवक्ता चन्दले भने, 'घटनास्थलबाट प्रहरीले अनुसन्धान शुरु गरेको छ।'

प्रहरीले टोलीले घटनास्थलको मचुल्का गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell