PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई जना घाइते



रासस

टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई जना घाइते

सिमकोट : हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपर तुम्कोट भिरमा दुर्घटनामा परेको छ। हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-५ तुम्कोट भिरमा बा ५ ख ५३८४ नम्बरको टिपर दुर्घटना हुँदा दुईको घटनास्थलमै मृत्यु भएको हो।

हिल्सादेखि याल्वाङ्ग आउँदै गरेको टिपरमा चालकसहित चार जना सवारमध्ये दुई जनाको घटनास्थलमा मृत्यु भएको र दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यायका निमित्त कार्यालय प्रमुख राजेन्द्र बहादुर सिंहले बताए।

दुर्घटनास्थलमा प्रहरी टोली पुगिसकेकाले मृत्यु हुनेको र घाइतेसहित चालकको नाम सोधपुछ गर्ने काम भइरहेको उनले जानकारी दिए। उत्तरी क्षेत्रमा हिमपात बढी परेकाले चिप्लेर टिपर दुर्घटनामा परेको आशंका गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell